महाधिवेशनमा होमियो राप्रपा, गर्यो नेताहरूको जिम्मेवारी बाँडफाँट
nepalpress.com · Wed Aug 05 11:21:04 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार, उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको उनले बताए।
Read full story at source (nepalpress.com)