बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ
onlinekhabar.com · Wed Aug 05 11:33:21 GMT 2026

२० साउन, काठमाडौं । जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्डः अ हिडन वल्र्ड रिभेल्ड’ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्याएको छ । वृत्तचित्रको विशेष प्रदर्शन टुरिजम इन्फो नेपालले बुधबार काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा आयोजना गरेको हो ।
Read full story at source (onlinekhabar.com)