राप्रपा महाधिवेशनमा व्यस्त, प्रदेश सरकारको सत्ता राजनीतिको चलखेलमा नलाग्ने स्पष्टोक्ति
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणासमेत स्पष्ट गरेको छ । बैठकले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकार गठनसम्बन्धी सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र त्यसप्रति लालायित पनि नरहेको निष्कर्ष निकालेको छ ।
Read full story at source (hamrakura.com)