गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा
lokaantar.com

तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् । भिमाद-६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए ।
उनीहरू चारै जना सकुशल रहेको र परिवारसँग सम्पर्कमा आएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका जिल्लावासीको खोजी गर्ने र अवस्थाबारे बुझ्ने कार्य भइरहेको उनले बताए ।
Read full story at source (lokaantar.com)