भारतीय प्रहरीको हिरासतमा रहेका नेपाली किसान रिहा
ratopati.com · Wed Aug 05 11:56:31 GMT 2026

काठमाडौँ । भारत बिहारको सितामढी मल लिन जाँदा पक्राउ परेका सर्लाही बलरा नगरपालिका–५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रिहा भएका छन् । उनीहरू एक महिनाअघि मल ल्याउन भारत गएका थिए । मल किनेर फर्किने क्रममा उनीहरूलाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
आज उनीहरूलाई त्यहाँका अदालतले छाड्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले बताए ।
Read full story at source (ratopati.com)