सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव
nepalviews.com · Wed Aug 05 12:04:55 GMT 2026

सिरहा । सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन् ।
ग्यासको आपूर्ति अनियमित भएपछि दैनिक खाना पकाउन समेत समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।
Read full story at source (nepalviews.com)