ओली र लेखकलाई पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छः एमाले
rajdhanidaily.com · Wed Aug 05 12:07:33 GMT 2026

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोमा सरकाले माफी माग्नुपर्ने माग गरिएको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार भदौ २३–२४ को घटनामा सुरक्षा निकायले गरेको बल प्रयोगको राजनीतिक जिम्मेवारी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न मिल्ने बताए । उनले भने, ‘उहाँलाई पक्राउ गर्ने वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले माफी माग्नुपर्ने बताए ।
पछिल्लो समय कोशी र मधेश प्रदेशका केही जिल्लामा प्रहरीमार्फत भएका हत्या तथा हिंसात्मक घटनाको नैतिक र राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि लिनुपर्ने उनले बताए । उनले एउटै प्रकृतिका घटनामा फरक–फरक मापदण्ड अपनाइनु विधिको शासनविपरीत हुने उल्लेख गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने पनि बताए ।
Read full story at source (rajdhanidaily.com)