प्रधानमन्त्रीको ‘कालोसूची’मा परेका अर्थमन्त्रीको ‘इगो’, गभर्नरलाई वाइपास गरेर वित्तीय छलफल
corporatenepal.com · Wed Aug 05 12:12:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको बहिष्कारसँगै निशानामा परेपछि उद्योगी, व्यवसायी तथा बैंकरसँग समानान्तर बैठक गर्दै आएका अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)देखि राष्ट्र बैंककै कार्यकारी निर्देशकहरुसँगको छलफलमा गभर्नर विश्वनाथ पौडेललाई भने बाइपास गरेको देखिएको छ ।
अर्थमन्त्री वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा २० वाणिज्य बैंकका सीईओसँग छलफल गरेका थिए भने आज राष्ट्र बैंककै कार्यकारी निर्देशकहरुसँग छलफल गरेका थिए । तर, त्यसमा बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व पौडेल भने देखिएनन् । अर्थात्, पौडेललाई छलफलमा बोलाइएन ।
Read full story at source (corporatenepal.com)