नेपाल बैंक र पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलबीच सम्झौता
baahrakhari.com · Wed Aug 05 12:31:00 GMT 2026

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले बिरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा १० देखि २० प्रतिशतसम्म छुट हुने भएको छ ।
Read full story at source (baahrakhari.com)