लाखौँ कमाइ हुने भन्दै नक्कली ट्रेडिङ एपको प्रचारमा आफ्नो पहिचान दुरुपयोग भएपछि साइबर ब्युरो पुगे विनोद चौधरी
techpana.com · Wed Aug 05 12:39:12 GMT 2026

काठमाडौं । आफ्नो नाम, तस्बिर र आवाजको दुरुपयोग गरी सामाजिक सञ्जालमा ठगी धन्दा चलेपछि उद्यमी एवं पूर्व सांसद विनोद चौधरी कानुनी उपचारका लागि साइबर ब्युरो पुगेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफ्नो पहिचान प्रयोग गरी फैलाइएका सामग्रीहरू आधिकारिक नभएको स्पष्ट पार्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।