कांग्रेसभित्रको विवाद कसरी टुङ्ग्याउन सकिन्छ ?
ratopati.com · Wed Aug 05 13:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले आफूहरूका मागलाई पूरै बेवास्ता गरेर अगाडि बढेको भन्दै संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएपछि कांग्रेसभित्रको विवाद झन् चर्किएको छ ।
भेलाको पूर्वसन्ध्यामा सभापति थापाले साउन २४ गते विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । त्यो बैठकबाट आफ्ना माग पूरा नभएमा भेला आयोजना नरोक्ने पक्षमा इतर समूह देखिन्छ । भेला भएमा विशेष महाधिवेशनमा जस्तै (पहिला नयाँ नेतृत्व चयन नहुने भनिएको थियो, पछि भयो) अहिले पनि (पार्टी फुटाउनका लागि भेला होइन भनिएको छ) विभाजनको दिशामा नजाला भन्न सक्ने अवस्था छैन ।
Read full story at source (ratopati.com)