भारतसँग बदला लिने अर्को अवसर
nepalnews.com · Fri May 15 13:15:26 GMT 2026
भारतसँग सामना हुँदा नेपाली महिला भलिबल टोलीलाई एउटा भय मिसिएको पीडाले सताउने गर्छ। गएको सात वर्षमा नेपालले भारतविरुद्ध घरेलु कोर्टमै १३औँ दक्षिण एसियाली खेलकुद (साग), एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप र काभा महिला नेसन्स लिग गरी तीन फरक प्रतियोगिता खेलेको छ। तर, उपाधि जित्ने सपना अझै पूरा भएको छैन।
नेपाललाई सपना पछ्याउने अर्को अवसर प्राप्त भएको छ। नेपाली टोलीले आउँदो शुक्रबार घरेलु कोर्टमा भारतको सामना गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। आठ राष्ट्र सहभागी यो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा ८-१५ जेठ (२२-२९ मे) सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत, किर्गिस्तान र माल्दिभ्स छन्। उज्वेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान र श्रीलंका भने अर्को समूहमा छन्।
Read full story at source (nepalnews.com)