अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई वीर अस्पताल लगियो
ratopati.com · Wed Aug 05 14:13:10 GMT 2026

काठमाडौँ । अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ ।
हिजो मंगलबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका हरिजनको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल लगिएको हो । अहिले हरिजनको वीर अस्पतालको इमरजेन्सीमा उपचार भइरहेको छ । उनलाई रींगटा लाग्ने, रक्तचाप अस्थिर, शरीरमा कमजोरी देखिएको हरिजनका सहयोगी रेशम विष्टले जानकारी दिए ।
Read full story at source (ratopati.com)