‘बाहिरै जन्मे-हुर्के पनि नेपाली सन्तानलाई देशले अपनाउँछ भन्ने सन्देश दिन पाएँ’
ratopati.com · Wed Aug 05 14:28:44 GMT 2026

काठमाडौँ । दीपमाला ढकाल को परिचय विस्तारित भएको छ । ‘प्रोफेसन’को हिसाबले उनी ‘इन्भेस्टमेन्ट एनालिस्ट’ हुन् । हङकङमा जन्मे-हुर्केकी उनी गैरआवासीय नेपाली संघ दोस्रो पुस्ताकी संयोजक समेत हुन् । तेक्वान्दोकी ब्ल्याकबेल्ट दीपमाला नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बासडरको रूपमा पनि काम गरिरहेकी छन् । हङकङमा हुने विभिन्न कार्यक्रमको होस्ट पनि गर्छिन् ।
तर यी सबैलाई थोरै ओझेल पार्दै उनको परिचयको आकार फराकिलो भएको छ- मिस नेपाल वर्ल्ड-२०२६ । शनिबार काठमाडौँमा सम्पन्न ग्रान्ड फिनालेमार्फत उनी गैरआवासीय नेपाली समुदायबाट इतिहासकै पहिलो ‘मिस नेपाल वर्ल्ड’ बन्न सफल भएकी छन् ।
Read full story at source (ratopati.com)