सातबुँदे सहमतिसहित अलग भए दुर्गा सोब र सन्तोष परियारपक्ष, दुवै दल नयाँ रूपमा क्रियाशील हुने
nepalviews.com · Wed Aug 05 14:34:51 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीभित्र देखिएको वैचारिक, राजनीतिक तथा सांगठनिक मतभेदपछि अध्यक्ष परिषद् सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारपक्ष अलग–अलग रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमतिमा पुगेका छन्।
बुधबार भएको सातबुँदे सहमतिपत्रअनुसार दुवैपक्षले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी (विद्रोही समूह) तथा जेन–जी समूहबीचको एकीकरणबाट गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई विभाजनको रूपमा नभई बदलिएको राजनीतिक परिस्थिति, समयको माग र सांगठनिक आवश्यकताअनुसार स्वाभाविक राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्।
Read full story at source (nepalviews.com)