सुदूरपश्चिम सरकारले रसुवा बाढी पीडितलाई २ करोड दिने
ratopati.com · Mon Aug 31 07:38:55 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट सहयोग गर्न लागेको हो।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा भदौ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीबाट प्रभावितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)