बाढी पीडितको स्मृतिमा चेतन राई ल्याए गीत ‘बाढी आयो पहिरो आयो’
ratopati.com · Mon Aug 31 07:36:42 GMT 2026

काठमाडौं । गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ । गीत १० भदौमा नेपालका विभिन्न स्थानमा गएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित सार्वजनिक गरिएको हो ।
गीतले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा, बस्ती विस्थापन र मानिसहरूले भोगेको क्षतिलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । यद्यपि, पीडाका बीच पनि आशा जगाउँदै गीतले नेपाली समाजमा आपसी एकता, सहकार्य र पुनः उत्थानको बलियो सन्देश दिएको छ ।
Read full story at source (ratopati.com)