अनुदानको मल कालाबजारी गर्ने तीन जना पक्राउ
ratopati.com · Wed Aug 05 14:53:41 GMT 2026

सर्लाही । सर्लाहीको मलङ्गवाबाट अनुदानको रासायनिक मल कालाबजारी गरी बढी मूल्यमा बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कृषकहरूको गुनासो र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई मलसहित नियन्त्रणमा लिएको हो ।
साउन १९ गते मलङ्गवा नगरपालिका वडा नं १० स्थित कृष्ण जनरल स्टोर किराना पसलमा खानतलासी गर्दा अनुमतिविना डीएपी मल प्रतिबोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा मलङ्गवा वडा नं ७ बस्ने २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय रहेका छन् । उनीहरूको पसलबाट ५० किलो तौल भएका ४ बोरा डीएपी र १ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)