इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार
khabarhub.com · Mon Aug 31 07:41:52 GMT 2026

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। पछिल्लो घटनाले छ महिनादेखि जारी अमेरिका–इरान द्वन्द्वमा पुनः तनाव बढाएको छ।
इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति पुगेको दाबी गरेको छ। यद्यपि, जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारेको जनाएको छ।
Read full story at source (khabarhub.com)