करिब २ सय ७ किलो गाँजा सहित पिकअप चालक पक्राउ
reportersnepal.com · Wed Aug 05 15:42:51 GMT 2026

पर्सा, बिन्दवासिनी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीय र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read full story at source (reportersnepal.com)