भारतीय सहयोगमा काभ्रेमा विद्यालय भवन निर्माण सुरु
nepalviews.com · Wed Aug 05 16:19:58 GMT 2026

काठमाडौं । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।
आयोजित कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीयस्तर आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का परियोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहेको थियो ।
Read full story at source (nepalviews.com)