दृष्टि आईद्वारा १६ लाख सहयोगको घोषणा, बाढीपीडितको नि:शुल्क आँखा उपचार
lokaantar.com

दृष्टि आई केयर सिस्टमले भोटेकोशी नदी बाढी पहिरो प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । साथै, प्रभावित नागरिकलाई लक्षित गरी नि:शुल्क आँखा परीक्षण तथा उपचार सेवा शुरू गरेको छ ।
दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार संस्थाको तर्फबाट १२ लाख एक हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको तलबबाट चार लाख गरी जम्मा १६ लाख एक हजार प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
Read full story at source (lokaantar.com)