प्रशान्त महासागरमा ‘करिना’ तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत हुँदै
barnanmedia.com · Mon Aug 31 07:41:05 GMT 2026

प्रशान्त महासागरमा विकसित ‘करिना’ आँधी आइतबार तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत भएको छ । तटबाट निकै टाढा रहेको र न्यानो समुद्री पानीका कारण शक्ति बढाइरहेको यस आँधीबाट तत्काल जमिनमा कुनै खतरा नरहेको अमेरिकी मौसमविद्हरूले बताएका छन् ।
मियामीस्थित अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार ‘करिना’ आइतबार बिहान ८० माइल प्रतिघण्टा (१३० किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गतिसहित श्रेणी–१ को आँधी बनेको थियो । केही घण्टामै हावाको गति १२५ माइल प्रतिघण्टा (२०५ किलोमिटर प्रतिघण्टा) पुगेपछि यो श्रेणी–३ को शक्तिशाली आँधीमा परिणत भएको हो ।
Read full story at source (barnanmedia.com)