न्यूनतम पुँजीकोष कायम नगरेपछि नेपाल राष्ट्र बैंकको एक्सन: आधा दर्जन लघुवित्त संस्थामाथि सुधारात्मक कारबाही
barnanmedia.com · Mon Jun 29 18:15:00 GMT 2026

काठमाडौँ, | केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन र स्थायित्व कायम राख्ने प्रयास अन्तर्गत देशका आधा दर्जन लघुवित्त वित्तीय संस्थाहरूमाथि कडा सुधारात्मक कारबाही गरेको छ। बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले नियमित अनुगमनका क्रममा तोकिएको न्यूनतम पुँजीकोष अनुपात (Minimum Capital Adequacy Ratio) कायम नगरेको पाएपछि यी संस्थाहरूलाई कारबाहीको दायरामा ल्याएको हो।
राष्ट्र बैंकले वित्तीय रूपमा जोखिमपूर्ण अवस्थामा पुग्न लागेका यी लघुवित्त संस्थाहरूलाई थप संकटबाट जोगाउन र निक्षेपकर्ता तथा लगानीकर्ताको हित संरक्षण गर्न एकीकृत निर्देशन बमोजिम शीघ्र सुधारात्मक कारबाही (Prompt Corrective Action - PCA) प्रक्रिया अघि बढाएको जनाएको छ।
Read full story at source (barnanmedia.com)