सभापति गगनमा ऊर्जा देखिएकाे छ, कांग्रेसभित्रकाे मतभेद अन्त्यकाे काेसिसमा छु : विमलेन्द्र निधि
sutranews.com · Wed Feb 25 07:48:07 GMT 2026

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताए ।
‘अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,’ निधिले अगाडि भने, ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा उर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ।’
Read full story at source (sutranews.com)