प्रतिनिधिसभा निर्वाचन : कास्की–२ मा त्रिपक्षीय भिडन्त हुँदै
sutranews.com · Wed Feb 25 08:17:31 GMT 2026

पाेखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी ( एमाले)को प्रभाव रहेको यो क्षेत्रलाई धेरैले उत्सुकताका साथ हेरेका छन् । अघिल्लो निर्वाचनमा एमालेकी नेतृ विद्या भट्टराई विजयी भएकी थिइन् भने सोही पार्टीका रवीन्द्र अधिकारी २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को निर्वाचनमा विजयी भएका थिए ।
२०७९ सालकाे निर्वाचनमा एमालेकी नेतृ भट्टराई विजयी भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल दोस्रो र नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धनका श्रीनाथ बराल तेस्रो भएका थिए ।
Read full story at source (sutranews.com)