संसदले महाभियोग टुंगो नलागाएसम्म जबरा सर्वोच्च फर्कन मिल्दैन : चण्डेश्वर श्रेष्ठ
kathmandupress.com · Sun Sep 18 08:15:00 GMT 2022
काठमाडौं, असोज २ : वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागाएसम्म सर्वोच्च अदालतमा फर्कन नमिल्ने बताएका छन्।
नेपाल बार एसोसिएनका पूर्वअध्यक्षसमेत रहेका उनले आइतबार सर्वोच्च अदालत परिसरमा संविधान र कानुनबमोजिम प्रतिनिधिसभामा सो महाअभियोगको टुंगो नलागेसम्म जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने तर्क गरेका हुन्।
वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रस्ट रूपमा उल्लेख छ।’
सिफारिस समितिले संसदमा बुझाएको जबरामाथिको महाअभियोग छानबिनको प्रतिवेदन नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको श्रेष्ठको भनाइ छ।
Read full story at source (kathmandupress.com)