मल्लकालीन भैरव नाच सुरु
khabarhub.com · Mon Aug 31 08:02:13 GMT 2026

भक्तपुर – मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात् भैलः नाच सुरु भएको छ । तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर आइतबार रातिदेखि भैरव नाच सुरु भएको हो ।
यही भदौ १७ गतेसम्म प्रदर्शन हुने ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः अर्थात् भैरव नाच धार्मिक मान्यताअनुसार महत्त्वपूर्ण मानिँदै आएको छ ।
Read full story at source (khabarhub.com)