अमेरिकाको ट्राभल एड्भाइजरी : नेपाल भ्रमण गर्दा सावधानी, रसुवामा रेड अलर्ट
ratopati.com · Mon Aug 31 08:09:43 GMT 2026

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ। दूतावासले नेपालको समग्र सुरक्षा अवस्थालाई दोस्रो तहमा राख्दै थप सावधानी अपनाउन आग्रह गरेको छ।
विशेष गरी रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा भने चौथो तहको कडा चेतावनी दिँदै ती क्षेत्रमा भ्रमण नगर्न निर्देशन दिइएको छ। दूतावासले रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेसी क्षेत्र र नेपाल(चीन सीमा नाकामा जुनसुकै कारणले पनि भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ।
Read full story at source (ratopati.com)