सुधन गुरुङले हिरासतमै आएर धम्की दिएको भन्दै जाहेरी दिने प्रयास, प्रहरीले दर्ता गरेन
nepalpress.com · Mon Jun 08 09:04:21 GMT 2026

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि अभद्र व्यवहारको जाहेरी लिएर तीन युवा प्रहरीमा पुगेका छन् । तर, काठमाडौं प्रहरी परिसरले जाहेरी दर्ता नगरी फर्काइदिएको छ ।
केही दिनअघि प्रहरी हिरासतभित्रै पसेर गुरुङले थुनुवालाई गालीगलौज गरेको भन्दै जाहेरी दिन खोजिएको हो । दैलेख, ठारीकाठ गाउँपालिका-१ का २८ वर्षीय अजय सोडारी, कैलाली, घोडाघोडी नगरपालिका- १ का ३१ वर्षीय प्रकाश बम र काठमाडौं, चन्द्रागिरी नगरपालिका- १० का २८ वर्षीय लक्ष्मण पौडेल जाहेरी लिएर गएका थिए ।
Read full story at source (nepalpress.com)