ठप्प चिकित्सा शिक्षा आयोग : ६० हजार विद्यार्थीको भविष्य अन्योलमा
ratopati.com · Wed Aug 05 23:57:00 GMT 2026

काठमाडौँ । चिकित्सा शिक्षा आयोगका निर्देशनालय तथा बोर्डहरूमा निर्देशक र सदस्यहरूको नियुक्ति हुन नसक्दा आयोगको शैक्षिक कार्यतालिका प्रभावित बनेको छ । आयोगमा नेतृत्व रिक्त रहँदा समग्र शैक्षिक तथा नीतिगत निर्णय प्रक्रिया अवरुद्ध हुन पुगेको हो ।
आयोग निर्देशक र सदस्यविहीन बन्दा एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहका विभिन्न विधाका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा कहिले सञ्चालन हुने भन्ने अझै ठेगान छैन । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा सांसद रमेश मल्लले विगत एक महिनादेखि करिब ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारीमा बसे पनि आवेदनसम्बन्धी सूचनासमेत आउन नसकेको बताएका थिए ।
Read full story at source (ratopati.com)