दुई फर्मलाई विभागको जरिवाना
ratopati.com · Thu Aug 06 00:22:18 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पनि काठमाडौँ उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई रु १० हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नभएको पाइएकाले सो फर्मलाई जरिवाना गरिएको विभागको भनाइ छ । यस्तै, काठमाडौँको गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई रु पाँच हजार जरिवाना गरेको छ ।
Read full story at source (ratopati.com)