एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने
barnanmedia.com · Thu Aug 06 00:34:42 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ। पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा यो योजना सार्वजनिक गरिएको हो। जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने र सङ्गठनलाई तल्लो तहसम्मै गतिशील बनाउने उद्देश्यले यो कदम चालिएको हो।
कार्यशालामा बोल्दै पार्टी सचिव डा राजन भट्टराईले डिजिटल प्रणालीको भरपुर उपयोग गरिने बताएका छन्। पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमबाटै अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने उनको भनाइ छ।
Read full story at source (barnanmedia.com)