वाग्मतीसहित यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
barnanmedia.com · Thu Aug 06 00:29:46 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई भूभागनजिक रहँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)