एसियाडमा नेपालले २२ खेलमा १ सय ३६ खेलाडी पठाउने
kendrabindu.com · Thu Aug 06 00:44:52 GMT 2026
काठमाडौं । जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदमा नेपालले २२ खेलमा १ सय ३६ खेलाडीलाई सहभागिता गराउने भएको छ । ८० पुरुष र ५६ महिला खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जनाएका छन् । प्रशिक्षक संख्या ३२ रहेको छ ।
नेपालबाट आर्चरीमा १–१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २–२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइङ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी छन् ।
Read full story at source (kendrabindu.com)