वाणिज्य बैंकहरुको औसत आरओई १०.३५%, १० बैंकको औसत भन्दा माथि, कुनको कति ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश भ्याल्यू इन्भेष्टरहरुले ठूलो महत्त्व दिने गरेका छन् । आरओईले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्याल्यू इन्भेष्टरहरुले आरओई विश्लेषण गर्दछन् ।
कुल सम्पति (एसेट्स) बाट दायित्व (लायबिलिटिज) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । विगत लामो समयदेखि सकारात्मक र स्वीकारयोग्य प्रतिफल दिइरहेका कम्पनीहरुलाई नै लगानी रोजाईमा राख्नुपर्दछ । जति लामो समयसम्म राम्रो इक्विटीमा प्रतिफल दिइरहेको छ, लगानीका लागि त्यति नै राम्रो मान्नुपर्दछ ।
आरओईले कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरु लगानीका लागि राम्रो मानिन्छन् । आरओई जति धेरै छ त्यति नै उक्त कम्पनी आफ्नो इक्विटी फाइनान्सिङलाई नाफामा रुपान्तरण गर्नमा सक्षम छ भन्ने बुझिन्छ । आररोई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरुबीच तुलना गर्नु पर्दछ । सेक्टरको औसत आरओई भन्दा माथि रहेका कम्पनीहरु लगानीका लागि छनौट गर्नु राम्रो मानिन्छ ।
तेस्रो त्रैमासमा सूचीकृत वाणिज्य बैंकहरुको आरओई :
नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुको औसत आरओई चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १०.३५% रहेको छ । १० वटाको आरओई औसत भन्दा माथि रहेको छ भने अन्य १० वटाको आरओई औसत भन्दा तल रहेको छ । सबैभन्दा बढी एनआइसी एसिया बैंकको आरओई १८.६०% रहेको छ । यस्तै, स्टन्डर्ड चार्टर्डको पनि १८.०८% रहेको छ ।
चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकको मात्र आरओई बढेकोे छ । बाँकी सबै बैंकको आरओईमा गिरावट देखिएको छ । सबैभन्दा कम कृषि विकास बैंकको ४.२५% मात्र रहेको छ । समग्रमा हेर्दा विगत वर्षहरुमा उल्लेख्य मात्रामा चुक्ता पुँजी वृद्धि नगरेका वाणिज्य बैंकहरु इक्विटीमा प्रतिफलको सूचीमा अरुभन्दा अगाडि देखिएका छन् ।
Read full story at source (nepalipaisa.com)