मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ, कस्तो रहला आजको मौसम ?
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (तराई भू-भाग नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
Read full story at source (hamrakura.com)