गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने
barnanmedia.com · Thu Aug 06 00:38:06 GMT 2026
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्फबाट ‘गल्ती’ भएको स्वीकार गर्दै माफी मागेका छन्। चौतर्फी आलोचना र विरोधका बाबजुद उनले फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै कायमै रहने स्पष्ट पारेका छन्।
मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो गल्ती महसुस गरेका हुन्। बैठक सकिएको चार घण्टापछि फिफाले एक विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ।
Read full story at source (barnanmedia.com)