बसबाट हामफालेर जसले ज्यान जोगाए...
ratopati.com · Mon Aug 31 08:36:54 GMT 2026

पोखरा। भदौ १० गते बिहान ४ बजेर २० मिनेटमा गोरखा, पालुङटारबाट एक टोली गोसाइकुण्डका लागि निस्कियो । गोसाइकुण्ड जान बस र इभी भ्यान रिजर्भ गरेर ५३ जना पालुङटारबाट निस्किएका थिए । तीमध्ये अधिकांश पाका-पुराना, केही युवा थिए । धेरैजसो नौखोर र केही आसपासका मिलेर तीर्थ यात्रामा निस्किएका उनीहरु एउटै गाउँका मात्र होइन, अधिकांश आफन्त थिए ।
धादिङको गल्छी पुगेपछि सो टोली करिब ४५ मिनेट रोकिएर खाजा खायो । त्यहाँबाट अगाडि बढ्दा केही ठुला ट्याङ्कर रोकिएको र त्रिशूली नदीमा बाढी आएको सामान्य हल्ला सुनिएको थियो ।
Read full story at source (ratopati.com)