पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार, ३ जना पक्राउ
ratopati.com · Thu Aug 06 00:55:13 GMT 2026

काठमाडौँ । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ छ ।
ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।
Read full story at source (ratopati.com)