भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण सुरु
barnanmedia.com · Thu Aug 06 01:20:34 GMT 2026

चितवनको भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भूमिगत केवुल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने करिब तीन सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्नसमेत भइसकेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
यससँगै आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको जनाइएको छ । अब मुख्य रूपमा सबै ग्राहकका घरमा अन्तिम जडान गर्ने काम बाँकी छ । भरतपुर महानगरपालिकाको छ लेन सडक तथा बाइपास सडक आसपासका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ । केन्द्रीय बस टर्मिनलदेखि नहर चोकसम्म दाहिनेतर्फका घर, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्मका क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
Read full story at source (barnanmedia.com)