मिशिगनमा डेमोक्र्याटिक सिनेटको प्रारम्भिक निर्वाचनमा वामपन्थी खेमाका उम्मेदवारको जित निश्चित
ratopati.com · Thu Aug 06 01:30:35 GMT 2026

अमेरिका । अमेरिकाको मिशिगन राज्यमा डेमोक्र्याटिक पार्टीको सिनेटका लागि भएको प्राथमिक निर्वाचनमा वामपन्थी राजनीतिक धारका उम्मेदवार अब्दुल एल–सय्यद विजयी हुने लगभग पक्का भएको छ । यस निर्वाचनले डेमोक्र्याटिक पार्टीको भावी दिशा र नीतिका विषयमा रहेको गहिरो मतभेदलाई पनि उजागर गरेको छ ।
पूर्व सार्वजनिक स्वास्थ्य अधिकारी एल–सय्यदले चार कार्यकाल पूरा गरिसकेकी मध्यमार्गी डेमोक्र्याटिक सांसद हेले स्टिभेन्सलाई पराजित गर्ने निश्चितजस्तै देखिएको छ । एल–सय्यदले सबैका लागि स्वास्थ्य सेवा (युनिभर्सल हेल्थकेयर), अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसिई) खारेज गर्ने तथा इजरायललाई अमेरिकाले दिने बिनाशर्त सैन्य सहायता अन्त्य गर्नुपर्ने जस्ता वामपन्थी एजेन्डालाई समर्थन गरेका छन् ।
Read full story at source (ratopati.com)