विभाजित डेमोक्र्याटिक पार्टीलाई एकजुट गराउने चुनौतीमा अब्दुल एल–सय्यद
ratopati.com · Thu Aug 06 01:53:45 GMT 2026

अमेरिका । मिशिगनमा डेमोक्र्याटिक पार्टीको सिनेट प्राथमिक निर्वाचन जितेका वामपन्थी उम्मेदवार अब्दुल एल–सय्यद अब नोभेम्बरमा हुने आम निर्वाचनअघि पार्टीलाई एकजुट गराउने चुनौतीमा छन्। उनले मध्यमार्गी उम्मेदवार हेले स्टिभेन्सलाई करिब १५ हजार मतको अन्तरले पराजित गरेका हुन्। १५ लाखभन्दा बढी मत खसेको निर्वाचनमा उनको जित निकै साँघुरो रह्यो।
जितपछि एल–सय्यदले पूर्व बक्सर मुहम्मद अलीलाई उद्धृत गर्दै भने, 'हामीले संसारलाई हल्लाइदियौं।' तर प्राथमिक निर्वाचनका क्रममा पार्टीभित्र देखिएको तीव्र विभाजनले उनको आम निर्वाचन अभियान सहज नहुने संकेत गरेको छ।
Read full story at source (ratopati.com)