वीरगञ्जमा ग्याँस ट्यांकरको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते
nepalnews.com · Thu Aug 06 01:46:21 GMT 2026

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्याँस ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्।
बुधबार राति करिब ८ बजे पावर हाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आर जे १४ जी ई ८७१० नम्बरको ग्याँस ट्यांकरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalnews.com)