अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
reportersnepal.com · Thu Aug 06 02:06:27 GMT 2026
काठमाडौं, साउन २१। आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार, अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ ।
बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।
Read full story at source (reportersnepal.com)