१२ हजार पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा भीषण आगलागी, चालकको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Thu Aug 06 02:08:42 GMT 2026

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटकाे गुजरा नगरपालिका वडा नम्बर ३ धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भएर आगलागी भएको छ।
आज बिहान करिब ५ः३० बजेको समयमा बाराको अमलेखगञ्जबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले दिएको जानकारी अनुसार दुर्घटनापछि ट्याङ्करमा तत्काल आगो लागेको थियो। चालक भने समयमै बाहिर निस्कन सफल भएकाले सकुशल रहेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)