बिपी कोइराला क्यान्सर अस्पतालमा अत्याधुनिक तवरको ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
nepalpress.com · Thu Aug 06 02:11:34 GMT 2026

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले चिनियाँ टोली केही दिनअघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।
Read full story at source (nepalpress.com)