परिणाममुखी कार्यसम्पादन र संरचनात्मक रूपान्तरणलाई प्राथमिकता दिने शिक्षा मन्त्रालयको निर्णय
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकले मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी वर्ष परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
बैठकमा आर्थिक वर्षभरि मन्त्रालय र मातहतका निकायले हासिल गरेका प्रगति, विकास आयोजनाको कार्यान्वयन अवस्था, सेवा प्रवाह, बजेट खर्च, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा विस्तृत समीक्षा गरिएको थियो। कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्दै समाधानका उपाय र आगामी वर्षका प्राथमिकताबारे समेत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (hamrakura.com)