घरबाट कटुवा पेस्तोल बरामद भएसँगै एक युवा पक्राउ
ratopati.com · Thu Aug 06 02:58:21 GMT 2026

जनकपुरधाम । सिराहा स्थित घरमा लुकाई छिपाइराखेको अवस्थामा कटुवा पेस्तोल फेला परेपछि एक युवा काठमाडौँबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार राति विशेष सूचनाको आधारमा जिल्लाको सखुवान्कारकट्टी गाँउपालिका ५ महेशवारीका १८ वर्षीय मोहम्मद अफरोज राईनको घरमा खानतलासी गर्दा उक्त कटुवा पेस्तोल फेला परेको हो ।
Read full story at source (ratopati.com)