धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्छ्यौट
nagariknews.nagariknetwork.com · Thu Aug 06 03:13:32 GMT 2026

धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ मुद्दा फर्छ्यौट गरेको छ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए। यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फर्छ्यौट भएको सूचना अधिकारी महतोले बताए। उनका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)